मगर संघ अमेरिका केन्द्रीय समितिको ९औ राष्ट्रिय महाधिबेशन यहि जुलाई २९ ,२०२३ मा कोलोराडो राज्यको बोल्डर शहरमा हुने भएको छ ।
“ अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता - उदाउदो मगर पुस्तालाई मगर भाषा,संस्कार,संस्कृति र नेतृत्व हस्तान्तरण आजको आवश्यकता ’’ भन्ने मूल नाराका साथ अमेरिकाको बिभिन्न राज्यका मगरहरुको जमघट कोलोराडोमा हुने भएको छ । महाधिबेशनको अन्तिम तयारीमा रहेको MAUSA BOD टेक बहादुर थापा मगरले सन्देश टुडेलाई जानकारी गराउनु भयो । मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका कोलोराडो च्याप्टरको मुख्य ब्यबस्थापनमा महाधिबेशन हुन लागेको र स्थापना काल देखि ८ औं राष्ट्रिय महाधिबेशन सम्म आइपुग्दा न्युयोर्क , न्युजर्शी र मेरिल्याण्ड आसपासमा मात्र हुँदै आइरहेको र संस्थाको इतिहासमै पहिलो पटक कोलोराडो राज्यबाट नयाँ कार्यसमितिको जन्म हुने र मगर संघ अमेरिका, अमेरिका भर फैलिएको, अमेरिका भर रहेका मगरहरुको एकताको सन्देश दिने अध्यक्ष राना मगरले बताउनु भयो ।
मगर संघ अमेरिका केन्द्रीय समितिका सल्लाहकार लछुमन राना मगरको संयोजकत्वमा लक्ष्मी राना मगर र डा. कृष्ण थापा मगर सदस्य रहेको निर्वाचन कमिटी छ । निर्वाचन कमिटीले मनोनयन दर्ता देखि लिएर निर्वाचनको सबै कार्यतालिका सार्वजनिक गरेको छ । मनोनयन दर्ता यहि जुलाई १८, २०२३ देखि जुलाई २४ , २०२३ को राती ११:५५ बजे भित्र गर्न सकिने तालिकामा उल्लेख छ । जुलाई २६ को दिन उम्मेदवार फिर्ता देखि लिएर उम्मेदवार उपर दाबी बिरोध रहने र जुलाई २७ को दिन उम्मेदवारको अन्तिम नामावाली सार्वजनिक गरिने छ । जुलाई २९ , २०२३ को दिन दिउसो ३ बजेबाट निर्वाचनका गतिबिधि अगाडी बढाउने निर्वाचन कमिटी संयोजक लछुमन राना मगरले बताउनु भयो ।
समुदघाटन समारोह , बन्द सत्र र बधाई तथा सुभकामना सांस्कृतिक साँझ गरि कार्यक्रम ३ चरणमा सम्पन्न हुने मगर संघ अमेरिकाको फेसबुक पेजमा तयार गरिएको इभेन्टमा उल्लेख छ । मगर मौलिक झाँकी सहित बिभिन्न राज्यबाट आएका मगरहरु सभाहलमा प्रवेश गर्नेछन , झाँकी सहितको टोलीलाई मुख्य ब्यबस्थापक कोलोराडो च्याप्टरले स्वागत गर्नेछ । बिभिन्न विधाका बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिनेछ ।
अमेरिका भर छरिएर रहेका नेपाली र नेपाली मुलका सम्पुर्ण मगरहरुलाई मगर संघ अमेरिकको एउटै छातामुनी गोल्बद्व गरेर आपसी भेटघाट सहयोग आदानप्रदान लगायत बिबिधतामा एकता रहेका हामी मगरहरुको भाषा, भेषभूषा, संस्कार, संस्कृति, रितिरिवाज तथा परम्पराहरुलाई अमेरिकामा संरक्षण र सम्बर्द्वन, नेपालमा रहेको मगर सामूदायालाई पनि भैपरि आउने आपतकालिन अबस्था, शैक्षिक, भाषिक र आर्थिक क्षेत्रमा सहयोग गर्दै अमेरिकामा रहेका अन्य नेपाली समुदायहरुसंग समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ मगर संघ अमेरिकाको स्थापना सन २००४ मार्च २८ को दिन न्युयोर्कमा गरिएको हो। संस्थापक अध्यक्ष दल बहादुर बुढाथोकी मगर हुन भने संघले हाल ६ ओटा राज्यमा च्याप्टर बिस्तार गरी स्थानीय सरकार र संघीय सरकारसंग सहकार्य गरी न्युयोर्क राज्यको वुडसाइडमा केन्द्रीय सम्पर्क कार्यलय स्थापना गरी आफ्नो कार्य सम्पादन गरी मगरहरुको बाहुल्यता रहेको राज्यहरुमा च्याप्टर बिस्तरको लागि पहल भईरहेको टेक बहादुर थापा मगरले जानकारी गराउनु भयो
प्रतिक्रिया गर्नुहोस्