ताजा अपडेट

बाल्टिमोरमा नेपाली नयाँ बर्ष भव्यताका साथ मनाइने

नेपाली नयाँ बर्ष २०८२ को अवसरमा, बाल्टिमोरमा एक भव्य साँगीतिक कार्यक्रमको आयोजना गरिने भएको छ। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका मेरिल्याण्ड  शाखाले आयोजना गरेको यो सांगीतिक कार्यक्रममा लोकप्रिय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। आयोजकका अनुसार अप्रिल १२ तारिक, शनिबारको साँझ चर्चित गायक-गायिकाको सुमधुर गीतहरूले बाल्टिमोरको सांगीतिक माहोल झंकारिदैछ।