काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब बन्ने राष्ट्रपतिले संविधानको रक्षा र राष्ट्रिय स्वाधीनतालाई केन्द्रविन्दुमा राखेर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।आठ दलीय गठबन्धनका सांसदहरुका लागि बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपतिको भूमिकाबारे बोलेका हुन्
'कर्तव्य र जिम्मेवारीहरु बारेमा सबैभन्दा पहिले प्रष्टताको जरुरी छ । राष्ट्रि हित, राष्ट्रिय स्वाधीनता र संविधानको संरक्षणलाई केन्द्रविन्दुमा राख्नुपर्यो । संविधानको रक्षा गर्नुपर्ने कुरालाई केन्द्रविन्दुमा राख्नुपर्यो भन्ने कुरा मैले राखेको छु' अभिमुखीकरणपछि संचारकर्मीहरुसँग अध्यक्ष नेपालले भने ।
उनले राष्ट्रिय चुनौतीहरुलाई ख्याल गर्ने र एकताबद्ध भएर सबैलाई लैजान सक्ने भूमिका राष्ट्रपतिबाट हुनुपर्ने पनि बताएका थिए । उनले चुनावमा नेकपा एसका तर्फबाट सबै सांसदहरुको मत कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा जाने प्रतिबद्धता जनाएका थिए । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ । यसका लागि कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा गरी आठ दलको गठबन्धन बनेको छ ।
प्रतिक्रिया गर्नुहोस्