एनआरएनए अमेरिका मेरिल्यान्ड च्याप्टरको अध्यक्ष पदमा किरण पण्डितले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् हालै नेपालमा सम्पन्न भएको गैर आवाशीय नेपाली संघको एकता महाधिबेशनले महेश कुमार श्रेष्ठको अध्यक्षतामा सर्व सम्मत नेतृत्व चयन गरे संगै अमेरिकामा समेत यसको प्रभाव परेको छ, साथै मेरिल्याण्ड राज्यमा समेत यसको प्रत्यक्ष प्रभाव परे संगै विभिन्न ब्यक्त्तित्वहरुले सामाजिक संजाल मार्फत आफ्नो उमेद्वारी घोषणा गरिरहेका छन् । यसै क्रममा किरण पण्डितले सामाजिक संजाल मार्फत आफ्नो उम्मेद्वारी सार्बजनिक गरेका हुन् । हाल कुल गुरुंगले नेतृत्व गरिरहनु भएको एनआरएनए अमेरिका मेरिल्यान्ड च्याप्टरको उपाध्यक्ष पदमा रहेका किरण, मेरिल्याण्ड राज्यको बाल्टिमोरका बासिन्दा हुन् । मिलनसार र सरल जीवन शैली का धनि किरण २०२१ मा राजु पराजुलीको नेतृत्वमा रहेको एनआरएनए अमेरिका मेरिल्यान्ड च्याप्टर सदस्यमा अत्यधिक मत ल्याएर बिजयी भएका हुन् । त्यस्तै कुल गुरुंगले नेतृत्व गरिरहनु भएको एनआरएनए अमेरिका मेरिल्यान्ड च्याप्टर समेत भारी मतका साथ् उपाध्यक्ष पदमा बिजयी भएका पात्र हुन् किरण । बिगतका तथ्यहरुलाई मध्यनजर गर्ने हो भने किरण एक बलियो उमेद्वारको रुपमा हेर्न सकिन्छ ,साथै हाल शैक्षिक तथा सामाजिक सेवामा निरन्तर सक्रिय भएर काम गरिराखेका छन् ।
प्रतिक्रिया गर्नुहोस्