एनआरएनए आइसीसी सचिव पदमा कृष्णजीबी पन्तको उम्मेद्वारी

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचनमा चर्चित सामाजिक अभियन्ता कृष्णजीबी पन्तले सचिव पदमा औपचारिक रूपमा उम्मेद्वारी घोषणा गर्नु भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष रहेका पन्तले सामाजिक संजाल मार्फत आगामी अक्टोवर महिनामा हुने निर्वाचनमा आफू सचिव पदमा उम्मेद्वार बन्ने प्रस्ट पार्नुभएको छ । एनआरएनए अमेरिकाको आफ्नो दुई कार्यकालमा विभिन्न सामाजिक कार्यहरु गरेर सबैको मन जितेको कुरालाई प्रस्ट पार्दै पन्त लेख्नुहुन्छ "उपाध्यक्ष र बरिस्ठ उपाध्यक्षको जिम्मेवारीमा  रहँदा संस्थाको आफ्नै भवन खरिद गर्दा संयोजक, वान एनसीसी वान च्यारिटि अन्तरगत संयोजक हुँदा सल्यानमा प्रसूति गृहको निर्माण, च्याप्टरलाई इम्पावरमेंट गर्ने साथै यस अभियानमा युवा तथा महिलालाई प्रोत्साहन गर्ने लगायतका अन्य संस्थागत विकासका कार्यहरू सम्पन्न गरेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’  
तनहुँ जिल्लाको ब्यास नगर पालिका वडा नम्बर १२ मा जन्मिएका पन्त २००८ को नोभेम्बर महिनामा अमेरिका आई, मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आउनु भएको  छ । सामाजिक रुपमा परिचित पन्त मेरिल्याण्डमा मात्र नभई अमेरिकामै सहयोगी र मनकारी भावानाले भरिएको व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।कार्य क्षेत्रको हिसावले अमेरिकामा राम्रै छवी बनाएका पन्तले अन्य देशहरुमा समेत राम्रो सम्बन्ध रहेको जानकारहरु बताउँछन् , यसले चुनाव जित्न पन्तलाई सजिलो बन्नेछ । गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको हालै सम्पन्न निर्वाचनमा अध्यक्षको बलियो र भरपर्दो उम्मेद्वारको रुपमा हेरिएको थियो तर अन्तिम समयमा डा. अर्जुन बन्जाडेलाई चुनावी मैदान खाली गरी आफू चुनावी क्याम्पेनमा मुख्य सम्योजनकारिको भूमिकामा रहनु भएको थियो ।अन्तत दिलु पराजुलीलाई पराजयको तितो स्वाद चखाउदै बन्जाडेले अध्यक्षको बाजी मार्नुमा टेक्सासका सुमन थापा संगै कृष्णजीबी पन्तको मुख्य भूमिका लुकाई रहनु नपर्ला ! संस्थाको हितका लागि त्याग गर्न पनि जान्नु पर्छ भन्ने कुटनैतिक चाल बुझेका पन्तले अरुबाट कस्तो सहयोग पाउनु हुने हो, हेर्न बाँकी छ ।

 

प्रतिक्रिया गर्नुहोस्