नेपाली नयाँ बर्ष २०८२ को अवसरमा, बाल्टिमोरमा एक भव्य साँगीतिक कार्यक्रमको आयोजना गरिने भएको छ। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका मेरिल्याण्ड शाखाले आयोजना गरेको यो सांगीतिक कार्यक्रममा लोकप्रिय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। आयोजकका अनुसार अप्रिल १२ तारिक, शनिबारको साँझ चर्चित गायक-गायिकाको सुमधुर गीतहरूले बाल्टिमोरको सांगीतिक माहोल झंकारिदैछ।
दर्शकको पहिलो रोजाइमा रहेकी युवा दोहरी गायिका संगीता थापा मगरले आफ्नो दमदार प्रस्तुति दिनुका साथै, गायक श्याम गुरुङ, देवकिरण साही, रुद्र शर्मा लगायत अन्य कलाकारहरूको पनि आफ्नो प्रस्तुति रहने आयोजक संस्था एन आर एन ए अमेरिका मेरिल्यांड शाखाका अध्यक्ष कुल गुरुङ्गले जानकारी गराउनु भएको छ ।
प्रवेश शुल्क मात्र १५ डलर राखेकाले दर्शक को संख्या बढ़ी नै हुने आशा गरिएको छ।यो कार्यक्रममा स्थानीय कलाकार तथा चर्चित नृत्यांगनाहरूले आफ्नो दमदार नृत्य प्रस्तुति प्रस्तुत गर्नेछन्।
तपाईं पनि नयाँ बर्षको शुभकामना आदान-प्रदान गर्दै, साँगीतिक दुनियामा हराउन र मनोरन्जन लिन चाहनुहुन्छ भने, यो कार्यक्रममा उपस्थित भैदिनु हुन कार्यक्रम संयोजक ओमकाजी गुरुङले अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया गर्नुहोस्