सांगीतिक महोत्सव 'इकोज इन द भ्याली' को सातौं संस्करण आजदेखि सुरू भएको छ।
शुक्रबार टेकुको पाँचली भैरव मन्दिरबाट महोत्सव सुरू गरिएको हो। दुई दिने महोत्सव शनिबार असन क्षेत्रमा हुनेछ।
महोत्सवमा नेपालसहित अमेरिका, भारत, दक्षिण कोरिया, चिली र फिनल्याण्डका ७० जना कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ।
यस महोत्सवमा संगीत कार्यशाला, संगीत सम्मेलन, हेरिटेज वाक, सांगीतिक चलचित्र प्रदर्शनी र नेवा शैलीका भजन स्टल राखिने छन्। साथै बादबालिकाहरूको कथा वाचन, पुस्तक बस, रञ्जना लिपीमा शब्द लेख्ने, संग्रहालय भम्रण र अन्तरक्रियात्मक बोर्ड खेलहरू समावेश छन्।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय कला विभागका विद्यार्थीले आफ्नो कला प्रदर्शन गर्नेछन्। यो महोत्सव काठमाडौं महानगरपालिका, ग्लोबस अपस्टार्ट, गोथ जेन्ट्रम, युनेस्को कार्यालय काठमाडौं र एलायन्स फ्रान्सेस र स्थानीयको सहयोगमा आयोजना गरिएको हो।
प्रतिक्रिया गर्नुहोस्