खोली तिरैको के कुरा गर्नु र आफ्नै पीरको गीत बिस्व बजारमा

पिपलुलाई बरको पिर परदेशीलाई घरको छ 
जाम त भने फर्केर सपनाको लर्को छ। 
खोली तिरैको के कुरा गर्नु र आफ्नै पिरको

यो गीत र यो गीतका शब्दहरू यतिखेर युट्युब तथा टिकटकभरि सर्वत्र चर्चाका विषय बनेका छन्। बहुमुखी प्रतिभाका धनी कलाकार अमृत रामदामको स्वरमा सजिएको यो गीत डिजिटल  प्ल्याटफर्म मार्फत सर्वत्र उपलब्ध भएको छ ।

अमेरिका स्थित ‘यू एण्ड मी’ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको अमृत रामदामको नयाँ गीत “ के कुरा गर्नु र आफ्नै पिरको” निकै आशा गरिएको गीत हो।। यस गीतमा परदेशीएका नेपालीहरूको जीवनकथालाई समेटिएको छ। शब्दहरू लोकप्रिय संगीतकार तथा रचनाकार राजकुमार बगरका छन् भने, संगीत तथा सङ्गीत संयोजन कमल सौरागले गरेका छन् । यस गीतको मिक्सिङ कुमार रानाले गरेका हुँन ।

यो गीत विशेष गरेर परदेशमा रहेका नेपालीहरूको पीडा र सपना उजागर गर्दछ।  लोकप्रिय गायिका शान्ति भण्डारी र कमल सौरागको संयुक्त लगानीमा तयार भएको ‘यू एण्ड मी’ स्टुडियोमा पहिलोपटक रेकर्ड गरिएको यो गीत दिन प्रतिदिन लोकप्रिय हुँदै गइरहेको छ। यस गीतको म्यूजिक भिडियो विमल अधिकारीले निर्देशन गरेका हुन्, र अभिनयमा विमल अधिकारी, शारिका केसी, रेशु गुरुङ, अनमोल भंडारी, काजी सुन्दास, र राजु बानियाले अभिनय गरेका छन्।

यो गीत विशेष गरेर परदेशमा रहेका नेपालीहरूको लागि एक प्रेरणादायक सन्देश हो। यस गीतलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने, भिडियो सम्पादन दीपक बिष्टले गरेका छन्।

स्मरण रहोस् कलाकार अमृत रामदामका यस अघि बरेली बजारको,सुर्काने सुरुकै ,आउन मायालु जस्ता गीति संग्रहहरु सर्वत्र बजारमा उपलब्ध भइसकेका छन्।

प्रतिक्रिया गर्नुहोस्

छुटाउनुभयो कि ?