विश्वविद्यालय प्रोजेक्टको आइडिया 'समसारा', ५४ हजार लगानीमा यसरी बन्यो व्यवसाय

अंग्रेजी शब्द 'समसारा' को अर्थ हो पुनर्जन्म।

यही अवधारणामा व्यवसायी बनेका छन् कुशल अछामी, चाँदनी महत, अजित भट्ट र विजय केसी।

कुशल, अजित र विजयले काठमाडौं विश्वविद्यालयबाट डेभलपमन्ट स्टडिजमा स्नातकोत्तर पूरा गरेका छन्। चाँदनी ह्युमन एन्ड नेचुरल रिसोर्स स्टडिजमा स्नातकोत्तर हुन्।

उनीहरू मिलेर कलेजको प्रोजेक्ट वर्क (परियोजना कार्य) का लागि एउटा अवधारणामा काम गर्नुपर्ने थियो। त्यो समूहमा सात जना थिए। उक्त समूहले प्रोजेक्टका लागि 'वेस्ट टु आर्ट' अर्थात 'फोहोरबाट कला' अवधारणा बनायो। यसैमा प्रोजेक्ट पूरा गर्‍यो।

समूहका केही सहकर्मीहरूले उक्त प्रोजेक्टको अवधारणा कागज र परीक्षाको अंक प्राप्तिमा मात्रै सीमित नराखी केही सिर्जनात्मक काम गर्ने सोच बनाए। त्यसै अनुसार निरन्तर काम योजना बनाए।

'कुनै सामग्री पुरानो भएपछि त्यसलाई पुनः प्रयोग गर्न सकिन्छ र फोहोरलाई पनि व्यवस्थित गर्न सकिन्छ भन्ने अवधारणामा प्रोजेक्ट तयार पारेका थियौं,' २८ वर्षीया चाँदनीले भनिन्, 'त्यसलाई कलेजको व्यावहारिक सिकाइको अंकका लागि मात्रै सीमित नराखी काममा निरन्तरता दिने सोच्यौं।'

चाँदनी, कुशल, अजित, विजय र अन्य दुई जनाले संयुक्त रूपमा २०७६ साउनमा सुरू गरे 'समसारा क्रिएसन्स'।

प्रतिक्रिया गर्नुहोस्