केपी ओली कपको उपाधि मछिन्द्र क्लबलाई

प्रथम केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले पाएको छ। 

बुधबार रंगशालामा भएको फाइनल खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई पराजित गरेको हो।

९० मिनेटको खेल एक-एक बराबरीमा सकिएको खेल पेनाल्टी शुटआउटमा पुगेको थियो। 

पेनाल्टीमा ३-५ गोलको अन्तरले मछिन्द्र क्लबले उपाधि जितेको हो। 

मछिन्द्रका लागि पाँचौं मिनेटमा अफिज ओलावाले ओलाडिपोले हेडिङमार्फत गोल गरेका थिए। देवेन्द्र तामाङको फ्रिकिकमा उनले हेडिङ हानेर गोल गरेका हुन्। 

त्यस्तै १७ औं मिनेटमा सातदोबाटोले गोल फर्काएका थिए। सातदोबाटोका जोर्डन ओवाना जुनियरले पनि हेडिङमार्फत गोल फर्काएका थिए। 

पेनाल्टीमा मछिन्द्रका रन्जित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा करिमले गोल गरेका थिए। 

सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह, एकराज बुढाथोकीले गोल गरेका थिए।

सातदोबाटोका अब्लुल लतिफ अबकारीले प्रहार गरेको पेनाल्टी मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोकेको हो। 

प्रतिक्रिया गर्नुहोस्