ए डिभिजन लिग : मनाङ-संकटा तथा फ्रेन्ड्स-मछिन्द्रबीच २-२ गोलको बराबरी

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार दिउँस भएका दुवै खेल २-२ गोलको बराबरीमा सकिएका छन्।  

च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लब तथा दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबबीचको खेल २-२ गोलको बराबरीमा सकिएको हो। 

च्यासल मैदानमा मनाङका लागि दुवै गोल कोएडोले गरे। उनले खेलको १९ र ४५ मिनेटमा गोल गरेका थिए। संकटाका लागि ४४ मिनेटमा युसुफ र ५२ मिनेटमा मनिष डाँगीले बराबरि गोल फर्काए। 

दरशथ रंगशालामा प्रकास बुढाथोकीले ६८ मिनेटमा गरेको गोलबाट फ्रेन्ड्सले अग्रता लियो।

७१ मिनेटमा मछिन्द्रका ओलावालेले बराबरी गोल फर्काए। ७९ मिनेटमा रफिकको गोलबाट फ्रेन्ड्सले दोस्रो पटक अग्रता लियो। तर मछिन्द्रका ओलावालेले टिम तथा व्यक्तिगत दोस्रो गोल गरेर खेललाई फेरि बराबरीमा ल्याए।

अंक तालिकामा मछिन्द्र ३१ अंक जोडेर तेस्रो स्थानमा छ भने फ्रेन्ड्स २१ अंकसहित १३औं स्थानमा छ। 

यस्तै मनाङ २३ अंक जोडेर सातौं स्थानमा उक्लिदा संकटाको २२ अंक भएको छ।

प्रतिक्रिया गर्नुहोस्