अमेरिकाको मेरिल्यान्ड राज्यको सामाजिक संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिका (बाना)ले राष्ट्रिय नर्स सप्ताह बिशेष कार्यक्रमका साथ मनाउने भएको छ ।
मे ७ तारिख आईतवार सम्पन्न हुने सो कार्यक्रममा मेरिल्याण्ड र यसको आसपास रहेका नेपाली तथा अमेरिकी नर्सहरू र स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको बानाका महासचिव सागर घिमिरेले सन्देश टुडेलाई जानकारी गराउनु भएको छ ।
बानाका अध्यक्ष सुबोधबिलास पन्तका अनुसार यस वर्ष, बानाले यी स्वास्थ्य सेवा नायकहरूको समर्पणलाई कृतज्ञता व्यक्त गर्न र सम्मान गर्न धन्यवाद डिनरको आयोजना गरेको हो “ पन्त थप्नुहुन्छ ”कार्यक्रमले सहभागीहरूलाई एकआपसमा जोडिन र उनीहरूका अनुभवहरू साटसाट गर्ने अवसर प्रदान गर्नेछ।”
बानाले विभिन्न अबसरहरुमा उल्लेखनीय कार्यक्रम गर्दै आइरहेको छ । नर्स सप्ताह एक वार्षिक उत्सव हो जसले स्वास्थ्य सेवा प्रणालीमा नर्सहरूले खेल्ने महत्त्वपूर्ण भूमिकालाई प्रोत्साहन गर्दछ।
प्रतिक्रिया गर्नुहोस्