नयाँ बर्ष २०८० को अवसरमा चर्चित कलाकारहरुको बिशेष जमघट हुने भएको छ ।
अमेरिकाको विश्व चर्चित शहर न्यूयोर्कमा हुने सो सांस्कृतिक कार्यक्रममा चर्चित गायकहरु हेमन्त राना, प्रकाश सपुत र किरण गजमेरले आफ्नो दमदार साङितिक् प्रस्तुति प्रस्तुत गर्नेछन् ।
पर्वत सेवा समाज न्युयोर्क, अमेरिकाको आयोजना र ड्रिम्स युनिभर्सल एलएलसीको सहकार्यमा यही अप्रिल १५ तारिख शनिबार राती ७:०० देखि मध्यरात सम्म न्युयोर्कको क्विन्स, एस्टोरिया स्थित मेलरोज बलरुमको हल नेपाली संगीतको बर्षातले न्युयोर्कको माहौललाई सङीतमय बनाउने भएको हो ।
“Nepali New Year 2080” नाम दिईएको उक्त सांगितिक कार्यक्रममा प्रकाश, हेमन्त र किरणसंगै न्युयोर्कको चर्चित ब्याण्ड “द जोय ब्याण्ड” प्रेमा शेर्पा ब्रिहती हमाल महादेव त्रिपाठी साथै चर्चित डिजे ‘डिजे माइकल ले सांगितिक प्रस्तुति दिनेछन् भने कार्यक्रम सन्चालन सागरिका श्रेष्ठले गर्ने आयोजकले जनाएको छ
नयाँ बर्ष २०८० को अवसरमा चर्चित कलाकारहरुको बिशेष जमघट हुने
प्रतिक्रिया गर्नुहोस्