गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रिय उपसंयोजक रामकुमार सुवेदीलाई पत्नीशोक परेको छ।
रामकुमारकी पत्नी प्रमिला सुवेदीको बिहिवार साँझको सडक दुर्घटनामा निधन भएको हो। दुर्घटना टेक्सासमा भएको हो।
छोरालाई कलेज स्टेशनमा रहेको युनिभर्सिटी पुर्याएर फर्कने क्रममा रक्डेल सिटी नजिकै सुवेदीले चलाएको गाड़ी साँझ ५ः३० बजेतिर दुर्घटनामा परेको थियो । डज ट्रकको ठक्करले ४६ बर्षिय सुवेदीको घटनास्थलमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सुवेदी परिवार टेक्सासको फोर्थवोर्थमा बसोबास गर्दै आएका थिए।
पारिवारिक सदस्यका अनुसार ४६ वर्षीया प्रमिला छोरालाई कलेज पुर्याएर त्यतैबाट भाइको घर जादै थिइन। प्रहरीले परिवारलाई दिएको जानकारी अनुसार प्रमिलाले चलाएको कारलाई ट्रकले ठक्कर दिएको थियो।
प्रहरीले घरमै आएर प्रमिलाको घटनास्थलमै निधन भएको जानकारी दिएको थियो। जुन समय रामकुमार कान्छा छोरा सँगै घरमा थिए।
लामो समय अमेरिकाको कनेक्टिकट बसेर सन् २०१७ मा सुवेदी परिवार टेक्सास बसाई सरेको थियो।
सुवेदी परिवारले अस्टिनमा नयाँ घर किन्ने तयारीमा थियो। मे १२ तारिकमा घर पास गर्नु पर्ने भएकाले शुक्रवार वाक थ्रु राखिएको थियो। प्रमिला छोरालाई कलेज पुराएर नयाँ घरको वाकथ्रुमा जाने कार्यक्रम थियो।
प्दिवंगत सुवेदी नेपाली कांग्रेसका चर्चित नेता तथा पूर्वमन्त्री दिपकप्रकाश बास्कोटाकी छोरी हुन् । उनकी बहिनी समिक्षा बाँस्कोटा गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा विवेकशील साझा पार्टीबाट मेयरको उम्मेदवार थिइन् ।
प्रमिलाका २२ र १४ वर्षका गरि दुई छोरा छन्।
प्रमिला नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिपक प्रकाश बास्कोटाकी छोरी हुन्।
प्रतिक्रिया गर्नुहोस्